काठमाडौं । कञ्चनपुर २ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका योगेन्द्र बहादुर साउदले मतदानको अघिल्लो दिन (फागुन २०) गते पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर रास्वपालाई समर्थन गरेको घोषणा गरेका छन् ।
साउदले परिवर्तनको मतलाई एकीकृत गर्न आवश्यक ठानेर आफूले यो निर्णय लिएको बताए ।
साउदले भोलिको निर्वाचनमा रास्वपाका उम्मेदवार दीपक बोहरालाई समर्थन र सहयोग गर्ने बताए । उनले कञ्चनपुर २ मा पनि वैकल्पिक शक्तिहरूको मत विभाजन नहोस् भनेर आफू उम्मेदवारीबाट हटेको बताए ।
उनले आजैका मितिदेखि आफू उज्यालो नेपालबाट अलग भएको पनि बताए । अब आफ्नो समर्थन रास्वपालाई नै हुने उनले प्रष्ट पारे ।







































