वि.सं.२०८३ वैशाख ७ सोमवार

चुनाव धाँधलीरहित हुनेमा एमालेको शंका, रास्वपाले अध्यक्ष ओलीप्रति घृणा फैलाएको आरोप

khanepani

काठमाडौं । नेकपा एमालेले निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित वातावरणमा हुनेमा आशंका व्यक्त गरेको छ।
पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले निर्वाचन नजिकिँदै जाँदा मूलक थप भय र सन्त्रासमय बन्दै गएको बताए।

सरकारले निर्वाचनको लागि अझै शान्ति सुरक्षाको वातावरण बनाउन नसकेको दाबी गरे। उनले रास्वपालाई लक्षित गर्दै पार्टीको झन्डा जलाउने, पार्टी नेतृत्वप्रति घृणा फैलाउने कार्यलाई तीव्र पारेको भन्दै आपत्ति जनाए।

मुलुकलाई चुनावी द्वन्द्वमा फसाउने षड्यन्त्र भइरहेको भन्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

ranechhap