वि.सं.२०८३ वैशाख ७ सोमवार

पोखरा पुगेर गगनले भने, ‘भ्रष्टाचारको आहालबाट देशलाई बदलिएको कांग्रेसले मात्रै निकाल्न सक्छ’

khanepani

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले देश कांग्रेसले मात्रै सम्हाल्न सक्ने बताएका छन्।

पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै देश जसले पनि जलाउन सक्ने भन्दै नेपाललाई अहिले सम्हाल्नसक्ने शक्तिको खाँचो रहेको बताए।

उनले भने, ‘देश सम्हाल्नुपर्ने मात्रै होइन नागरिकहरूले सुधार्नुपर्ने शक्तिको आवश्यक छ। जसले बदलोस् पनि। त्यो काम कांग्रेसले मात्रै गर्न सक्छ। त्यो कुरा तपाईँहरूले घरघरमा पुगेर जनतालाई जानकारी गराउनुहोस्।’

उनले देश विकासको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसका विरुद्ध लड्ने योद्धा बदलिएर आएको कांग्रेस मात्रै हुने जिकिर गरे। हिजो हिंसाको आहालबाट जस्तै भ्रष्टाचारको आहालबाट पनि देशलाई बाहिर निकाल्ने बताए।

ranechhap