वि.सं.२०८३ वैशाख ७ सोमवार

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव पौडेलले दिए पदबाट राजीनामा

khanepani

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पदबाट राजीनामा दिएका छन्।

विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेर आएपछि पौडेलले राजीनामा दिएका हुन्।

उनलाई तत्कालीन सभापति शेरबहादुर देउवाले मुख्य सचिव नियुक्त गरेका थिए। तर अहिले नेतृत्व परिवर्तन भएर आएपछि आफूले राजीनामा दिएको बताए।

सभापति थापा भोलि पार्टी मुख्यालय सानेपा जाँदैछन्। थापाले बोलाएको केन्द्रीय समिति बैठकको सचिव प्रकाश शर्माले सुचना जारी गरेका थिए।

ranechhap