झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले झापा-२ की उम्मेदवार इन्दिरा रानामगरको जितका लागि समर्थन र सहयोग जनाएका छन्। रानामगरको घरमा पुगेर भेटघाट गर्दै चुनावी अभियानमा ऐक्यबद्धता व्यक्त गरेका हुन्।
बालेन झापा ५ मा एमाले अध्यक्ष केपी ओलीसँग चुनावी मैदानमा छन्। भेटका क्रममा दुवै नेताबीच परिवर्तनमुखी राजनीति, सुशासन र जनउत्तरदायी नेतृत्वबारे छलफल भएको बालेन सचिवालयले जनाएको छ।
बालेन शाहले इन्दिरा रानामगरको उम्मेदवारीले झापा-२ मा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्दै जितका लागि पूर्ण साथ रहने बताएका छन्। पूर्वउपसभामुख रहेकाे रानामगरकाे पूर्वसभामुख देवराज घिमिरेसँग प्रतिस्पर्धा हुँदैछ।









































