वि.सं.२०८३ वैशाख ७ सोमवार

टी-२० विश्वकप खेल्न भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानको समर्थन

khanepani

काठमाडौं । आगामी महिनादेखि भारत र श्रीलंकामा हुने आइसीसी टी-२० विश्वकप क्रिकेटमा दुई देशको विवादका कारण भारत नजाने बंगलादेशको अडानलाई पाकिस्तानले समर्थन जनाएको छ । उक्त विषयमा आइसीसीले निर्णय लिनु अघि पाकिस्तानले आइसीसीलाई पत्र लेख्दै भारतमा खेल्न नचाहने बीसीबीको अडानलाई समर्थन गर्ने बताएको ईएसपीएन क्रिकइन्फोले जनाएको छ ।

भारतमा सुरक्षा चिन्ताका कारण बंगलादेशका खेलहरू श्रीलंकामा सार्न बंगलादेशी क्रिकेट बोर्ड (बीसीबी) ले अडान लिँदै आएको छ । आईसीसीले भने टूर्नामेन्टको तालिका पहिले नै सार्वजनिक भइसकेको भन्दै निर्णयमा कुनै पूनर्विचार गरेको छैन ।

भारत र बंगलादेशको विवाद कोलकाता नाइट राइडर्स (केकेआर) ले बंगलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई आईपीएल २०२६ को टोलीबाट हटाएपछि सुरु आत भएको हो । बीसीआईको निर्देशनमा यो कदम चालिएको थियो, जसको कारण स्पष्ट गरिएको छैन, तर दुई देशबीचको सम्बन्ध हालै तनावपूर्ण बनेको छ ।

मुस्ताफिजुर हटाइएपछि बंगलादेश सरकारले देशमा आईपीएलको प्रसारण प्रतिबन्ध लगायो र बीसीबीले आईसीसीलाई पत्र लेख्दै विश्वकपका खेलहरू भारतमा नखेल्ने बताउँदै आएको छ ।

टि-२० विश्वकप भारत र श्रीलंकामा फेब्रुअरी ७ बाट सुरु हुँदैछ । बंगलादेशको समूह चरणका पहिलो तीन खेल कोलकातामा र अन्तिम खेल मुम्बईमा हुने तालिका छ ।

ranechhap