वि.सं.२०८३ वैशाख ९ बुधवार

पूर्णबहादुर खड्काको प्रष्टोक्तिः सर्वोच्चमा हालेको रिट कुनै हालतमा लिँदैनौं फिर्ता

khanepani

काठमाडौं । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा हालेको रिट कुनै हालतमा फिर्ता नलिने जनाएका छन् ।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित गगन थापा पक्षधर नेताकार्यकर्ताले देउवा पक्षले सर्वोच्चमा हालेको रिट फिर्ता लिन सहमतिको समाचार सार्वजनिक गरेसँगै उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

‘नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रकृयामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारि समेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहान्छु । कसैमा भ्रम नरहोस र न्यायिक प्रकृयामा अदालतमा गएको रिट फिर्ता हुँदैन’ उनले भनेका छन् ।

यसैगरी देउवाका निजी सचिव भानु देउवाले नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन फिर्ता लिने भन्ने गलत र भ्रामक समाचार केही संचार माध्यामहरुमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानकर्षण भएको जनाएका छन्।

‘उक्त रिट निवेदन फिर्ता नहुने र अदालतबाट निस्पक्ष न्याय सम्पादन हुनेमा नेपाली कांग्रेस अपेक्षित छ। साथै यस्ता गलत समाचारहरु प्रकाशनरप्रशारण नगरिदिनुहुन पनि सबै संचार माध्यामहरुलाई अनुरोध गर्दछु।’ उनले भनेका छन् ।

ranechhap