काठमाडौं । रास्वपाकी पूर्वसहमहामन्त्री एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठ नेपाली कांग्रेसबाट चुनाव लड्ने तयारीमा लागेकी छिन् । उनी सभापति गगन थापासहित केही नेतासँग संवादमा छिन् ।
गगन काठमाडौं ४ छाड्न तयार रहेको बताइएको छ । गगनले छाडेको अवस्थामा सुमना यस क्षेत्रबाट चुनाव लड्न तयार भएको स्रोतले बतायो ।
थापा काठमाडौं १ वा सर्लाहीमा जान सक्ने बताइएको छ । उनले सर्लाहीका नेता-कार्यकर्तासँग पनि १ वा ४ बाट उठ्न सक्ने भनी संवाद गरेका छन् ।









































