वि.सं.२०८३ वैशाख ८ मंगलवार

हरि रोक्का बने खोटाङबाट नेकपाको उम्मेदवार

khanepani

काठमाडौं । राजनीतिक विश्लेषक हरि रोक्का नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका छन्। रोक्कालाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा खोटाङका लागि उम्मेदवार बनाएका हुन्।

उनले आफू उम्मेदवार बनेको भन्दै निर्वाचन क्षेत्रका जनताबाट प्राप्त माया विश्वास र समर्थन नै मेरो सबैभन्दा ठुलो शक्ति भएको बताए।

उनले भनेका छन्, ‘पार्टीको सदस्य समेत नरहेको आफ्नै गाउँमा खेती किसानी गरेर जीविका चलाइरहेको एक स्वतन्त्र नागरिकलाई चुनाव चिन्ह ताराबाट चुनाव लड्न सम्मानसहित अवसर प्रदान गर्नु भएकोमा नेकपाका सम्पूर्ण र्याङ्क एन्ड फायलमा हार्दिक आभार व्यक्त गर्दछु।’

उनले निर्वाचन क्षेत्रका जनताको भरोसालाई विकास र सेवामा रूपान्तरण गर्ने पर्तिबद्धता व्यक्त गरेका छन्। गएको चुनावमा यहाँ माओवादी केन्द्रका उम्मेदवार रामकुमार राई विजयी भएका थिए।

ranechhap