विराटनगर । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेका कानुन व्यवसायी यज्ञमणि न्यौपाने मोरङ १ बाट प्रतिनिधिसभामा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
झापा ५ बाट उम्मेदवार बन्ने तयारीसहित न्यौपाने केही समयदेखि उतै बस्दै आएका थिए । अहिले उनको परिवार भने काठमाडौंमा छन् । झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन साह उठ्ने भएपछि न्यौपाने मोरङ सरेका हुन् ।
मोरङ १ बाट एमालेले प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई अघि सारेको छ । श्रम संस्कृति पार्टीले शान्ती पाख्रिनलाई अघि सारेको छ । कांग्रेसको टुंगो लागिसकेको छैन ।









































