वि.सं.२०८३ वैशाख ७ सोमवार

मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी, दलहरूले पनि गरे आग्रह

khanepani

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको मनोनयन दर्ताको समयसिमा थप गर्न प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

नेपाली कांग्रेसको विवाद मूल कारणले मनोनयनको मिति सार्न लागिएको बताइएको छ । निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगको निर्णयविरुद्ध देउवा पक्ष रिट लिएर आज सर्वोच्च पुगेका छन् ।

निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले मनोनयन दर्ताको समय माघ ६ गतेबाट माघ १५ देखि मसान्तसम्म सार्न आग्रह गरेका हुन् ।

यद्यपि निर्वाचन आयोगले अहिलेसम्म सार्ने विषयमा निर्णय नगरिसकेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।

उनले भने, ‘सबैजसो राजनीतिक दलले मनोनयन दर्ताको समय सीमा माघ ६ गतेबाट कम्तीमा पनि एक साता बढाएर माघ १५ देखि माघ मसान्तसम्म सार्न अनुरोध गर्नुभएको छ । आयोगले यस विषयमा आन्तरिक छलफल गरिरहेको छ । अहिलेसम्म कुनै निर्णय गरेको छैन ।’

अहिलेसम्म निर्णय नलिए पनि बढीमा मनोनयन दर्ताको समय एक हप्ता सर्नसक्ने स्रोतले बतायो ।

ranechhap