वि.सं.२०८३ वैशाख २६ शनिवार

महेश बस्नेतको आक्रोश,निर्वाचन आयोगमा वैदेशिक शक्तिको नांगो नाच

khanepani

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिता गगन थापा पक्षलाई दिएकोमा एमालेका सचिव महेश बस्नेत क्रुद्ध बनेका छन् । लोकतन्त्र र विधिको शासनमाथि नांगो प्रहार भएको उनको टिप्पणी छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै बस्नेतले आक्रोश पोखेका हुन् । उनले निर्वाचन आयोगमा वैदेशिक हस्तक्षेपको नांगो नाच देखिएको कडा प्रतिक्रिया दिएका छन् ।

बस्नेले लेखेका छन्, ‘नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई निर्वाचन आयोगले दिनु लोकतन्त्र र विधिको शासनमाथिको नाङ्गो प्रहार हो । निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेपको नाङ्गो नाच देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक विषय हो ।’

यस्तो परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताका पक्षधर सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक/पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको उनको भनाइ छ ।

ranechhap