वि.सं.२०८३ वैशाख २१ सोमवार

खानेपानी मन्त्रालयमा मणिचन्द्र थापाको पुनः नियुक्तीपछि केयूकेएलका भ्रष्टहरुको निन्द्रा गायव, मेलम्चीको पानी आधा बागमती खोलामा

khanepani

काठमाडौं । खानेपानी मन्त्रालयमा पुनः खानेपानी मन्त्रीका रुपमा मणिचन्द्र थापा नियुक्ती भएर आएपछि खानेपानी क्षेत्रका भ्रष्टचारीहरुको मुटुमा ढ्याङग्रो बज्न थालेको छ ।
मन्त्री भएको पाँच महिनामा निष्कंक छवि बनाएका इमानदार र भष्टाचार विरोधीलाई कारवाहि गर्ने अठोट लिएका थापाको दोस्रो कार्यकाल पनि परिमाणमुखि हुने कुरामा कसैको दुइमत छैन ।

विषेशगरि काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा भइरहेका श्रृखलाबद्ध अनियमितता र भ्रष्टाचारको जालो अन्तका लागि थापाले चालेका कदमले निरन्तरता पाएकोमा धेरै भ्रष्टाचार विरोधीहरु हर्ष मनाइरहेका छन । नदेखिने र दैनिक जसो भइरहने अनियमितता र भष्टाचारको यो जालो काठमाडौं उपत्यका भर भिजारीएको छ । झन मेलम्चीको पानी काठमाडौं आएपछि त यसले विकराल रुपनै लिन थालेको जानकारवालाहरुको भनाइरहेको छ ।

मेलम्चीको पानी वितरण गर्दा पुरानो पाइप लाइनबाट पानी पठाउदा एकै दिन हजारौं ठाउँमा लिक हुने र यो लिक मर्मतमा दैनिक लाखौ रुपयाँका हिसावले खर्च भइरहेको छ । मेलम्ची खोलाको पानी काठमाडौको सुन्दरीजलबाट महांकालचौर हुर्दै विभिन्न इलाकाहरुमा वितरण गरिनु पर्नेमा त्यो काम हुन सकेको छैन ।

आधा भन्दा बढी पानी बागमती खोलामा हालेर आफ्नो आङको धुलो झारीरहेका छन केयूकेएलका हामिकहरु ।
झन पछिल्लो पटक नेपाली जनतामा त्रास नै फैलाउने गरि फैलिएको कोभिड भाइरसका कारण भष्टाचारीहरुलाई यो समय स्वर्णयुग जस्तै भएको छ ।
यसलाई मन्त्री थापाले कडाइका साथ नियन्त्रण गर्ने कुरामा उपत्यकावासी जनतााहरु आशावादी देखिएका छन । थापाको नियुक्तीपछि खानेपानीका केहि भष्टहरु रातभार नसुतेको कुरा समाचार स्रोतले दावी गरेको छ ।

ranechhap