04, May, 2024

कर्णाली प्रदेश अस्पतालको सूचना कोभिडका बिरामी नलिने, सयौं संक्रमितको ज्यान जोखिममा

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०७८, शनिबार ०८:१८ | २ साल अगाडी

सुर्खेत । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने अक्सिजन अस्पतालमा आपूर्ति हुन नसकेका कारण कोभिडका विरामीलाई भर्ना गर्न नसकिने उल्लेख छ ।

अस्पतालको सूचनाबाट नागरिकहरू आक्रोशित बनेका छन् ।
प्रदेश सरकारबाट हरेक वर्ष पर्याप्त बजेट पाउँदा पाउँदै पनि बिरामी नलिने सूचना जारी गर्नु उचित नभएको उनीहरूको भनाइ छ । ‘प्रदेश सरकारले करोडौं बजेट दिइरहेको छ । कर्मचारी पनि भर्ना गरेकै छ । अहिले अक्सिजन नपाएको भन्ने बहानामा बिरामी नराख्ने भनेपछि हामीमा थप त्रास बढेको छ,’ वीरेन्द्रनगर नगरपालिका-४ कालागाउँका कोभिड बिरामी राजेश आचार्यले भने, ‘सरकारी अस्पतालले नै कोभिड विरामीलाई नराख्ने भन्न पाउँछ कि पाउँदैन भनेर बुझिदिनुपर्‍ यो ।’

उनले महामारीको समयमा अस्पतालमा कोरोना संक्रमितको उपचार नहुने भए अस्पताल बन्द गर्न माग गरे ।

१ जेष्ठ २०७८, शनिबार ०८:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading