18, May, 2024

चीनको रोबट मंगरग्रहमा अवतरण,अवतरणमा सफल हुने तेश्रो देश

Bagmati Voice
संवाददाता
१ जेष्ठ २०७८, शनिबार ०८:०८ | ३ साल अगाडी

एजेन्सी । शनिबार बिहान चीनको रोबट मंगल ग्रहमा सफलतापूर्वक अवतरण भएको छ ।

छ पांग्रे ‘झोरुङ’ नामक रोबट ३२ करोड किलोमिटर पार गर्दै मंगल ग्रहको उत्तरी गोलार्धको युटोपिया प्लानिसियामा अवतरण गरेको बीबीसीले उल्लेख गरेको छ । फेब्रुअरीमा पुगेको झोराङ शनिबार मात्रै सफल अवतरण हुन सफल भएको बिबिसीले लेखेको छ ।

बिबिसीका अनुसार चीनले अवतरण गराएको रोबटको तौल २ सय ४० केजी भएको र यो सोलार उर्जाबाट सञ्चालन भएको छ ।

तियानमेन-१ नामक मिसन शनिबार झिमिसेमै अवतरण भएको चीनको अन्तरीक्ष संस्था चिनियाँ राट्रिय अन्तरीक्ष प्रशासन (सिएमएसए)लाई उदृत गर्दै चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले लेखेको छ ।

बिहान ४ बजे अवतरण भएको रोबट तीस मिनेट मंगलग्रहको सतहमा बसेर अध्ययनपछि पुन पार्किङ अर्बिटमा फर्किएको ग्लोबल टाइम्सले लेखेको छ ।

यो सँगैै मंगलग्रहमा सफल अवतरण हुनेमा अमेरिका, रसिया पछि चीन तेश्रो सफल मुलुक भएको ग्लोबल टाइम्सले लेखेको छ ।

१ जेष्ठ २०७८, शनिबार ०८:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading