काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालका अध्यक्ष दुर्गा प्रसाईँसँग छलफल थालेकी छन्। सिंहदरबारमा बोलाएर प्रसाईँ नेतृत्वको टोलीसँग छलफल गरेकी हुन्।
सरकारले सञ्चारमन्त्री जगदीश खरेलको नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरेर प्रसाईँसँग वार्ता गर्दै आइरहेको छ।
यस अघि सरकारले मंसिर २२ गते पनि छलफल गरेको थियो। प्रसाईँले आन्दोलनको कार्यक्रम अघि सारेपछि प्रधानमन्त्रीले चुनावको वातावरण बनाउनको लागि वार्ताबाटै निकास निकाल्न पहल थालेकी हुन्।









































