वि.सं.२०८३ वैशाख २७ आइतवार

भोजपुरमा दुई हजार तीन सय ७९ नयाँ थपिए मतदाता

khanepani

भोजपुर । मतदाता नामावली अद्यावधिक भएसँगै भोजपुरमा आगामी निर्वाचनमा सहभागी हुने मतदाताको सङ्ख्या एक लाख २५ हजार ७६६ पुगेको छ ।

यस अघि यहाँ एक लाख २३ हजार ३७९ जना मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्र सुवेदीका अनुसार निर्वाचन आयोगले गरेको मतदाता नामावली अद्यावधिकपछि जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २५ हजार ७६६ कायम भएको हो । निर्वाचन कार्यालय अनुसार कूल मतदातामध्ये ६५ हजार ७८८ जना पुरुष, ५९ हजार ९७७ जना महिला तथा एक जना अन्य मतदाता रहेका छन् ।

स्थानीय तहअनुसार भोजपुर नगरपालिकामा २० हजार १८९, षडानन्द नगरपालिकामा २१ हजार ८९६, अरुण गाउँपालिकामा १२ हजार ६४३, आमचोक गाउँपालिकामा १२ हजार ४४४, पौवादुङमा गाउँपालिकामा १० हजार ६६३ जना मतदाता कायम छन् ।

त्यसैगरी टेम्केमैयुङ गाउँपालिकामा १३ हजार ५५७, रामप्रसादराई गाउँपालिकामा ११ हजार ९००, साल्पासिलिछो गाउँपालिकामा आठ हजार ७२४ र हतुवागढी गाउँपालिकामा १३ हजार ७५० मतदाता छन् ।

ranechhap