काठमाडौं । नेपालका किसान तथा कृषि उद्यमीहरूको क्षमता अभिवृद्धिको उद्देश्यसहित सनफुड नेपाल प्रालिले व्यवसायिक इन्क्युबेसन सेन्टर स्थापना गरेको छ । KOICA को Inclusive Business Solution (IBS) कार्यक्रमसँगको सहकार्यमा यो प्रक्रिया अघि बढाइएको हो ।
सनफुडका अधिकारीले बताएअनुसार यसले कोरियाको उन्नत कृषि तथा पशुपालन प्रविधि नेपालमा भित्र्याउने आधार तयार गर्छ । साथै नेपाली किसानहरूको आम्दानी वृद्धिका अवसर मिल्ने अपेक्षा गरिएको छ । इन्क्युबेसन सेन्टरमार्फत आधुनिक कृषि प्रविधि, व्यवसाय व्यवस्थापन तथा बजारमुखी तालिम प्रदान गरिनेछ।
केही समय अघि काठमाडौंमा तालिम कार्यक्रममा किसान तथा युवा उद्यमीहरूको सहभागिता रहेको थियो । देशका विभिन्न ठाउँमा यसलाई विस्तार गर्दै नेपाली युवा र किसानहरूको सहभागिता बढाउने सनफुडले जनाएको छ ।







































