वीरगञ्ज । पछिल्लो २४ घण्टामा वीरगञ्जमा कोरोनाबाट थप १३ जना संक्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा ४, नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा ३, भवानी अस्पतालमा २, नारायणी बयोधा अस्पताल, स्पर्श मल्टि स्पेस्यालिटी हस्पिटल, प्रभु हस्पिटल र वीरगञ्ज हेल्थ केयर हस्पिटलमा १-१ जना गरी १३ जनाको मृत्यु भएको हो । बिहीबार मृत्यु भएका १० जना पर्साका र ३ जना बारा जिल्लाका हुन् ।
यस्तै नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज १५ की ५५ वर्षीया महिलाको बिहीबार अपरान्ह साढे ३ बजे, वीरगञ्ज २६ की ४५ वर्षीया महिलाको बिहीबार बिहान साढे ३ बजे, वीरगञ्ज ५ की ६० वर्षीया महिलाको बिहीबार बिहान साढे १ बजे र जितपुर सिमरा उपमहानगरपालिका २० बस्ने ३५ वर्षीय पुरुष बुधबार बेलुका पौने १० बजे उनको मृत्यु भएको छ ।
यस्तै नेशनल मेकिडल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा उपचाररत पर्साको जगरनाथपुर गाउँपालिका ८ का ८० वर्षीय पुरुषको बिहीबार बिहान ११: ९ बजे, वीरगञ्ज १५ का ७६ वर्षीय पुरुषको बिहीबार अपरान्ह ४:१० बजे र नेशनलकै कोरोना अस्पतालमा वीरगञ्ज २६ की ५० वर्षीया महिलाको बिहीबार अपरान्ह ४ बजे मृत्यु भएको अस्पतालका डाक्टर ओम प्रकाश कुशवाहाले जानकारी दिए ।
अस्पतालमा अक्सिजन सकिएको थियो । सबैतिर हार गुहार गर्यौं, कतैबाट आएन । उनले भने विरामीको छोराले अस्पतालको सिलिण्डर लगेर बाहिरबाट अक्सिजन खोजेर ल्याए । त्यतिखेरसम्म उनको बुवाको मृत्यु भइसकेको थियो ।’
यस्तै वीरगञ्जकै भवानी अस्पतालमा उपचाररत पर्साको पोखरीया नगरपालिक १० की ६५ वर्षीया महिलाको बिहीबार बिहान ६ बजे र वीरगञ्ज १ का ६५ वर्षीय पुरुषको बिहीबार बिहान ५ बजे मृत्यु भएको छ ।
यस्तै नारायणी बयोधा अस्पतालमा वीरगञ्ज १० की ७२ वर्षिया महिलाको बिहीबार बिहान सवा १२ बजे मृत्यु भएको छ । बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएकी ती महिलालाइ बुधबार मात्रै बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।
यस्तै वीरगञ्ज स्थित स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटलमा वीरगञ्ज २१ का ५६ वर्षीय पुरुषको बिहीबार बिहान २:१६ बजे मृत्यु भएको छ । बैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुष बैशाख २७ गते अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै बैशाख २८ गते नै कलैया उपहानगरपालिका ७ बरेवा बस्ने ४८ वर्षीय पुरुष कोरोनासँग मिल्दोजुल्दो लक्षण सहित विरामी परे । नारायाणी अस्पतालमा ल्याई एन्टीजीन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई थप उपचारका लागि भोलिपल्ट प्रभु अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । उपचारको क्रममा बुधबार बेलुका ६:५० मा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
बिहीबार नै वीरगञ्ज हेल्थ केयर हस्पिटलमा बाराको जितपुर सिमरा उपमहानगरपालिका ५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । बिहीबार बिहान १२:५ बजे उनके मृत्यु भएको अस्पतालले जनाएको छ । वैशाख २७ गते संक्रमण पुष्टि भएकै दिन उनलाई गाह्रो भएपछि अस्पतालमा भर्ना गरिएको थियो । वडा सदस्य समेत रहेको उनको शव परिवारले लगेर दाह संस्कार गरेको छ ।









































