वि.सं.२०८३ वैशाख १८ शुक्रवार

सांसदहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु

khanepani

काठमाडौं । संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीहरुलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ ।

गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो ।

सभामुख अग्नि सापकोटाले संसद भवन नयाँ बानेश्वरमा दोस्रो डोज लगाएर शुभारम्भ गरे । सांसद तथा कर्मचारीहरु लाइन लागेर खोप लगाउने पर्खाइमा छन् ।

ranechhap