वि.सं.२०८३ वैशाख २७ आइतवार

गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते

khanepani

पोखरा । गोरखामा मिनीट्रक दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । मंगलबार राति ८:४० मा अबुवा सेरा सडक खण्डमा ग १ क २५३७ नम्बरको पानी बोक्ने मिनी ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा सहिद लखन गाउँपालिका १ लुदिखोलाका २१ वर्षीय कुशल विक घाइते भएका गोरखा प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर छ ।

उनलाई तत्कालै उद्धार गरी तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको छ ।

ranechhap