काठमाडौं । सामाजिक सुरक्षा कोषको एक कार्यक्रमा सहभागि हुन लागेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीलाई उनकै चालकले आफुलाई सामाजिक सुरक्षा कोषमा कहिले लिने हो भन्दै प्रश्न गरेका छन् ।
कोषको आयोजनामा बुधबार बिहान काठमाडौंमा हुन लागेको अनौपचारिक र स्वरोजगार श्रमिकको सामाजिक सुरक्षा राष्ट्रिय अभियानको सुभारम्भ कार्यक्रममा जान लागेका श्रममन्त्री भण्डारीलाई उनकै चालक इन्द्र गुरुङले यस्तो प्रश्न गरेका हुन् ।
कार्यक्रममा प्रमुख अतिथिका रुमपा आफ्नो धारणा राख्ने क्रममा उनले सुनाउदैँ भने, ‘म यता आउदैँ थिए । चालकले कता कुन कार्यक्रममा जान लाग्नुभएको हो मन्त्री ज्यू भनेर प्रश्न गर्नु भयो । मैले सामाजिक सुरक्षा कोषको कार्यक्रममा जान लागेको भनेर भने । त्यसपछि मेरो चालक इन्द्र गुरुङले हामीलाई पनि सामाजिक सुरक्षा कोषमा कहिले लिने हो भन्दै प्रश्न गर्नु भयो ।’
मन्त्री भण्डारीले आफुले चालकलाई लिने प्रक्रिया कहाँ पुग्यो भनेर प्रतिप्रश्न गरेको पनि जानकारी गराएका भण्डारीका अनुसार आफ्नो चालकका अनुसार अस्थायी, ज्यालादारी तर करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लिने प्रक्रिया अघि बढाउनका लागि सबै प्रक्रिया पुरा भए पनि अर्थ मन्त्रालयमा पुगेर थन्किएको र जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको सुनाएको बताए । मन्त्री भण्डारीले अब आफुले अस्थायी, ज्यालादारी तथा करारका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनका लागि अफुले पहल गर्ने प्रतिवद्धता जनाए ।








































