काठमाडौँ । राजधानीको वनस्थलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरु भएको हो ।
सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने जेलबाट धरौटीमा छुटेपछि पहिलो पटक बैठक बोलाइएको हो ।
बैठकमा लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उच्च अदालत बुटवल इजलासले लामिछानेलाई २ करोड ६८ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
रिहा लगत्तै निर्वाचन क्षेत्र चितवनमा सम्बोधन गरेका उनी हिजो काठमाडौँ आएका थिए ।








































