वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बस्दै बैठक

khanepani

काठमाडौं । नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै छ । दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्नेगरी बैठक बोलाइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ विहीबार नै भइसकेको छ।

एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरिसकेको छ ।

आजको बैठकमा महाधिवेशनको समग्र समीक्षा, पार्टीको समसामयिक राजनीतिक कार्यदिशा, केन्द्रीय कमिटीका जिम्मेवारी बाँडफाँट तथा आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ । साथै, पार्टीको केन्द्रीय सचिवालय र स्थायी कमिटी गठनसम्बन्धी विषय पनि बैठकको एजेन्डामा पर्न सक्ने नेताहरूले बताएका छन्।

ranechhap