वि.सं.२०८२ पुस ३० बुधवार

भौतिक हमला भए: कार्की सरकार त्यहिदिन ढल्छ, देश ठप्प हुन्छः ओली (भिडिओ सहित र निर्वाचितको सूची)

khanepani

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुले एकताको नाटक गरेको भन्दै आलोचना गरेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायत समायोजनपछि बनेको नेपाली कम्युनिस्ट पार्टीको गठनलाई उनले नाटकको संज्ञा दिए ।

आज पार्टी अध्यक्षमा पुन:निर्वाचित भएपछि सम्बोधन गर्दै ओलीले नेता पुष्पकलम दाहाल प्रचण्डलाई पार्टीको नाम घाँडो भइरहेको अवस्थामा पार्टी एकीकरण गरेको बताए । त्यस्तै उनले एकीकृत समाजवादीबाट नेकपामा समायोजित नेता माधवकुमार नेपाललाई पार्टी घाँडोको अवस्थामा रहेको टिप्पणी गरे ।

प्रचण्ड र माधव नेपाल दुवै नेताले पार्टी एकताको नाटक गरेको भन्दै ओलीले कटाक्ष गरे ।