वि.सं.२०८३ वैशाख २७ आइतवार

सैनिक मञ्चमा ३१औं स्थापना दिवस मनाउँदै काठमाडौं महानगर, राष्ट्रपति पनि सहभागी हुने

khanepani

काठमाडौं। काठमाडौं महानगरपालिकाले सोमबार ३१ औं स्थापना दिवस मनाउँदै छ ।

राष्ट्रपति रामचन्द्र पौडेलको महानगरले स्थापना दिवस मनाउन लागेको हो ।

सोमबार बिहान ९ बजे सैनिक मञ्चमा टुँडिखेलमा राष्ट्रपतिको उपस्थितिमा दिवस मनाउन लागिएको हो ।

कार्यक्रममा विभिन्न जातजातिको सांस्कृतिक झाँकी र सांगीतिक प्रस्तुति रहने छ । साथै विभिन्न श्रष्टाहरुलाई सम्मान पनि गरिने काठमाडौं महानगरपालिकाका सूचना अधिकारी नूरनिधि न्यौपानेले जानकारी दिए ।

स्थापना दिवसकै अवसरमा आइतबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा २३५ जना परम्परागत बाजा गुरुहरूलाई जनही नगद ३० हजार रुपैयाँसहित सम्मान गरिएको थियो ।

ranechhap