काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको कोटेश्वरमा हत्या गरिएका प्रहरी हवल्दार अमृत गुरुङको परिवारलाई गृहमन्त्री ओमप्रकाश अर्यालले भेटेका छन् । आइतबार कास्कीको रुपा गाउँपालिका–५ मा पुगेर मन्त्री अर्याल र आईजीपी दान बहादुर कार्कीले मृतक गुरुङको परिवारलाई भेटेका हुन् ।
प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत गुरुङलाई भदौ २४ मा जेनजी प्रदर्शनको क्रममा आन्दोलनकारीले हत्या गरेका थिए । मन्त्री अर्यालले राज्यको तर्फबाट गुरुङको परिवारका एक जना सदस्यलाई रोजगारीको प्रबन्ध गरिने आश्वासन दिएका छन् ।
मन्त्री अर्याल र आईजीपी सहितका सुरक्षा प्रमुखहरू निर्वाचन स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन पोखरामा गएका छन् ।









































