वि.सं.२०८३ वैशाख १७ बिहीवार

प्रवासबाट पत्रकारिता गरेपनि आचारसंहिता पालना गर्नुपर्छ : अध्यक्ष शर्मा

khanepani

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेर पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता उत्तिकै पालना गर्नुपर्ने आवश्यकता रहेको बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घ जापान शाखाको छैटौँ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा सोमबार बोल्दै अध्यक्ष शर्माले प्रवासबाट पत्रकारिता गरे पनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारहरूलाई आग्रह गरिन् ।

फरक प्रसङ्गमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण गरिएको थियो ।

छैटौँ अधिवेशनले रविन्द्र श्रेष्ठलाई अध्यक्ष, मनिषा चम्लागाई र लक्ष्मी शर्मालाई उपाध्यक्ष, अर्जुन लामिछानेलाई सचिव, विष्णु सापकोटालाई सहसचिव, फुर्वा शेर्पालाई सहसचिव र निशान रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो ।

अधिवेशनबाट दिनेश थापा, भवानी भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आचार्य र विनोद ढकाल सदस्यमा निर्वाचित भएका थिए ।

त्यसैगरी नेपाल पत्रकार महासङ्घ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ ।

ranechhap