काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले ११ औं महाधिवेशनका लागि प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ ।
जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव, आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ ।
यस्तै लेखाराज भट्ट संयोजक र भीष्म अधिकारी रहेको खाद्य व्यवस्थापन समिति, गोकर्ण विष्ट संयोजक र रचना खड्का सचिव रहेको यातायात व्यवस्थापन समिति, रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको उनले बताए ।
यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति, पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, विनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।
यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए ।









































