वि.सं.२०८३ भदौ ११ बिहीवार

पार्टीमा फर्किनेलाई एमाले महासचिवले भने, ‘जिम्मेवारी नपाएर कोही खाली हात हुनुपर्दैन’

khanepani

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनुनपर्ने भनेका छन् ।

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, पिताम्बर तिम्सिना, गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङताङसहितका ‘पाटी फर्क अभियान’ मार्फत पुनः जोडिएका नेताहरुसँगको छलफलमा पोखरेलले त्यस्तो आश्वासन दिएका हुन् ।

छलफलमा सहभागी विघठित प्रतिनिधिसभा सदस्य एवं पार्टी नेता किसान श्रेष्ठका अनुसार महासचिव पोखरेलले देशभरिबाट पार्टी फर्किहरुको सूची एक साताभित्र पेश गर्न भनेका छन् । पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्योभन्दा तलको व्यवहार नहुने महासचिव पोखरेलको आश्वासन छ ।

पूर्वहैसियतभन्दा माथिको जिम्मेवारी दिने पार्टीको अधिकतम प्रयास रहने उनले बताए । तर, कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर टुंगो लगाइने भएको छ । ‘आउनुभएका सबै साथीहरुको नाम हेरौँ, त्यसपछि कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे त्यसपछि छलफल गरौँ’, महासचिव पोखरेलले भने ।

पार्टीको आसन्न ११ औँ महाधिवेशनमा प्रतिनिधि हुनेदेखि उक्त महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिहरुमा जिम्मेवारी दिने विषय पनि एक हप्ताभित्र टुंगो लगाउने सहमति भएको श्रेष्ठले बताए । ‘हामी केन्द्रीय कमिटी तहका मान्छेहरुलाई अहिले नेतामात्रै भन्ने, जिम्मेवारीचाहिँ एक हप्तापछि टुंगो लगाउने भन्नुभयो’, उनले भने ।

ranechhap