वि.सं.२०८३ वैशाख १९ शनिवार

नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्न्यास

khanepani

काठमाडौँ । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । हङकङमा जारी हङकङ सिक्सेसमा नेपालको अन्तिम खेलपछि शरदले सन्न्यास लिएका हुन् ।

शरद नेपालले पहिलोपटक सन् २०१४ मा टी–२० विश्वकप खेल्दा टोलीमा सदस्य थिए । ३७ वर्षीय शरदले नेपालबाट ४ ओडिआई र २० टी–२० आई खेल खेले । ओडिआईमा ६६ रन र २ विकेट तथा टी–२० आईमा ३ सय २५ रन बनाएका छन् ।

ranechhap