वि.सं.२०८३ वैशाख १९ शनिवार

गृहमन्त्री अर्याल भन्छन्, ‘काम गरिरहेका छौं, तर भन्न मिल्दैन’

khanepani

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले के गर्दैछौं र के गर्‍यौं भनेर भन्नसमेत नमिल्ने बताएका छन् । तर शुद्धचित्तले काम गरिरहेको उनले बताएका छन् ।
जेनजी अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालको कार्यशैलीमा प्रश्न उठाइरहेका बेला अर्यालले फेसबुकमा लेखेका छन्, ‘गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो । कतिपय विषयमा के गर्दैछौं त भन्न मिल्दैन, के गर्‍यौं समेत भन्न नमिल्ने अवस्था हुन्छ । आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन ।’

उनले पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत् निकासमा डोर्‍याउने सरकारको अभिभारा पूरा गर्ने पनि बताएका छन् ।

ranechhap