वि.सं.२०८३ जेठ ३० शनिवार

जेनजी आन्दोलनले उठाएको म्यान्डेट अधुरो : संयोजक गजुरेल

khanepani

काठमाडौं । कम्युनिस्ट समाजवादी पार्टी, नेपालका संयोजक हरिकृष्ण गजुरेलले जेनजी आन्दोलनको मूल म्यान्डेट अधुरो रहेको बताएका छन् । अब मुलुकलाई निकास दिन अर्को आन्दोलन अपरिहार्य बनेको उनको जिकिर छ।

उनले जेनजी विद्रोहको मुख्य सन्देश अहिलेको संसदीय प्रणाली असफल भएको र यसले देशलाई विकास, सुशासन र समृद्धिको मार्गमा अघि बढाउन नसक्ने स्पष्ट सन्देश दिएको बताए । उनले भने, ‘जेनजी विद्रोहको म्यान्डेट भनेको अहिलेको व्यवस्थाबाट देश अगाडि बढ्न सक्दैन भन्ने हो। जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था र भ्रष्टाचार अन्त्य, सुशासन र समृद्धिको सुनिश्चितता त्यो आन्दोलनको मूल माग थियो।’

बुधबार कुराकानी गर्दै संयोजक गजुरेलले आन्दोलनले उठाएका विषयहरू आफ्नो पार्टीले पनि लामो समयदेखि जोड दिँदै आएको बताए । उनका अनुसार, पुरानै संविधान र त्यसको संरचनामा टेकेर अघि बढ्दा आन्दोलनको औचित्यमाथि नै प्रश्न उठ्ने अवस्था आएको छ।

गजुरेलले भने,’यदि पुरानै संविधान र पुरानै प्रणालीलाई आत्मसात गर्नुपर्थ्यो भने त्यो बिद्रोहले जन्म दिनुपर्ने नयाँ व्यवस्था जन्म दिन सकेन। अहिलेको सरकारले न देशलाई निकास दिन सक्छ, न जेनजी आन्दोलनका मुद्दा हल गर्न सक्छ।’

उनले हालको सरकारलाई “विदेशी कठपुतली” र “एनजिओ–आइएनजिओको प्रभावमा चल्ने सरकार”को संज्ञा दिँदै यसले आगामी फागुन २१ गते तोकिएको चुनाव पनि गराउन नसक्ने दाबी गरे।

ranechhap