वि.सं.२०८३ जेठ ३० शनिवार

वन समितिको १८ लाख हिनामिना गरेको आरोपमा अध्यक्षविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

khanepani

काठमाडौ । डडेल्धुराको आलिताल गाउँपालिका-३ स्थित कैलाश समैजेश्वर सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष सर्वजित मडैविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बुधबार अध्यक्ष मडैविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

उपभोक्ता समितिको माइन्यूटको नक्कली प्रतिलिपि तयार गरी सचिव र कोषाध्यक्षको जानकारीविना चेकमा कीर्ते हस्ताक्षर गरी रकम प्रयोग गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।

उनका अनुसार अध्यक्ष मडैले १८ लाख १५ हजार रूपैयाँ हिनामिना गरेको देखिएको छ।

उनीविरूद्ध सोहीबराबरको बिगो माग दाबी गरी भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

ranechhap