वि.सं.२०८३ भदौ १३ शनिवार

बाख्राको खोरमा जुवा खेलिरहेका ६ जना पक्राउ, करिब ५० हजार र ७ बुक तास बरामद

khanepani

दाङ । बाख्राको खोरमा जुवा लेखिरहेका ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

बारबर्दिया नगरपालिका वडा नम्वर ३ बेल्बज्जास्थित कालुराम थारूको बाख्राको खोरमा जुवातास खेलिरहेका ३५ वर्षीय थारूसहित ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट ४७ हजार ४ सय ८० रूपैयाँ र ७ बुक तास समेत बरामद गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ranechhap