वि.सं.२०८३ भदौ १३ शनिवार

भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित,हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारीसाधनको अभाव

khanepani

मनाङ । भारी हिमपातपछि मनाङको जनजीवन प्रभावित बनेको छ । हिउँमा फसेका पर्यटकको उद्धारमा बिहानैदेखि सुरक्षा निकाय प्रयासरत छन् तर सवारीसाधनको अभावमा उनीहरूलाई सकस भएको छ ।

प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले हिउँमा फसेका पर्यटकको उद्धारमा सवारीसाधनको अभाव भएको जानकारी दिए ।

“फसेका पर्यटकको उद्धार गरिरहेका छौँ । हिउँमा सवारीसाधन पनि फसेकाले सकस भएको छ । अन्य सवारीसाधनको अभाव छ”,उनले भने।

तिलिचो आधार शिविरमा अलपत्र पर्यटकलाई उद्धार गरिएको र खाङ्सारमा अन्य व्यवस्थापन गरिएको उनले बताए। पच्चिस किलोमिटर सडकबाट हिउँ फालेर आवागमन सहज बनाइएको पनि उनले जानकारी दिए ।

केही पर्यटकलाई घरबास तथा केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन् । उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन् ।

ranechhap