काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्थापन (कोभिड१९) संकट सञ्चालन व्यवस्थापन केन्द्र सीसीएमसी मार्फत मिलाउन अनुरोध गरेको छ ।
स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख डा. समिरकुमार अधिकारीले सोमबार एक सूचना जारी गर्दै आवश्यकतामा आधारित भएर सीसीएमसीमार्फत अस्पतालहरुमा अक्सिजन वितरणको व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।
अस्पतालहरुलाई अक्सिजन वितरण गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा आधारित भएर अक्सिजन वितरण गर्न केन्द्रले सीसीएमसीलाई भनिएको छ ।