वि.सं.२०८२ जेठ १ बिहीवार

माओवादीलाई प्रधानमन्त्रीले भने, अझै पनि केही विग्रेको छैन, फेरि मत दिए भइगो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्र सँग पनि विश्वासको मत मागेका छन् ।

पार्टी अलग हुँदा पनि समर्थन फिर्ता लिएको ओलीले बताए ।‘पार्टी अलग भइसक्दा, विश्वासको मत छैन भन्दा पनि सर्मथन फिर्ता लिनु भएन, ओलीले बताए ।
आफूले विश्वासको मत लिने निर्णय गरेपछि मात्रै समर्थन फिर्ता लिएको भन्दै फेरि पनि मत दिन आग्रह गरे।

म आफैंले विश्वासको मत लिन्छु भन्दा फिर्ता लिनु भयो, ओलीले ठट्यौली शैलीमा भने, फिर्ता भएको तीन चार दिन भयो । त्यसैले अझै पनि केही विग्रको छैन्, फेरि मत दिए भइगो।