वि.सं.२०८३ वैशाख १७ बिहीवार

बुटवलमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

khanepani

बुटवल । बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक एकजना हुन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमका अनुसार वैशाख २३ गते लुम्बिनी प्रादेशिक अस्पताल भर्ना भएका तिलोत्तमा २ का ५६ वर्षीय पुरुषको आइतबार राति ९:५० बजे मृत्यु भएको हो ।

यस्तै कोरोना विशेष अस्पतालमा बैशाख १७ गते भर्ना भएका कपिलवस्तु बनगाईका ४३ वर्षीय पुरुषको आइतबार राति ८:३० बजे र सोही अस्पतालमा वैशाख १८ गते भर्ना भएका दाङ तुल्सीपुर ५ की ३७ वर्षिया महिलाको आइतबार राति १०:०७ बजे मृत्यु भएको हो ।

यस्तै वैशाख २४ गते भर्ना भएका बुटवल ७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान ७:५२ मा र १८ गते भर्ना भएका तिलोत्तमा १ का ६४ वर्षीय पुरुषको बिहान ८.४२बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्यांक अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या २७१ पुगेको छ ।

ranechhap