वि.सं.२०८३ असार १८ बिहीवार

मन्त्रीको गाडीले बालकलाई दियो ठक्कर, स्थानीयद्वारा गोदावरी सडक अवरुद्ध

khanepani

ललितपुर । प्रदेशमन्त्रीको गाडीले एक बालकलाई ठक्कर दिएपछि एमालेको दोस्रो विधान अधिवेशनस्थल गोदावरी जाने मुख्य सडक अवरुद्ध भएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले हरिसिद्दी उकालोमा सुनुवार थरका ११ वर्षीय बालकलाई सामान्य ठक्कर दिएको हो ।

ट्राफिक वृत्त सातदोबाटोका इन्स्पेक्टर श्रीराम भट्टका अनुसार घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ ।

दुर्घटनापछि स्थानीयले सडक जाम गराएका छन् । जाम खुलाउने प्रयास भइरहेको भट्टले बताए ।

ranechhap