वि.सं.२०८३ वैशाख ६ आइतवार

गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीले भने, ‘स्याउ ल्याएको गाडी रोकेर प्रहरीले एक सय रुपैयाँ घुस माग्छन्’

khanepani

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जुम्लाबाट स्याउ ल्याउँदा प्रहरीले ठाउँ ठाउँमा रोकेर सय रुपैयाँसम्म घुस मागेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै जिल्लाबाट आउन स्याउका गाडिलाई ठाउँ ठाउँमा रोक्दै चेक नगर्न आग्रह गरे।

उनले भने, ‘जुम्लाको अर्ग्यानिक स्याउ बजारमा आएको छ, केमिकल हालेको छैन। अहिले पनि विदेशी स्याउ आइरहेको छ। त्यसले जुम्लाको स्याउलाई बजारिकण गर्ने गाह्रा पारेको छ। अघिल्लो महिना मात्रै एक अर्बको स्याउ बाहिरबाट आएको छ।’

उनले कृषिमन्त्रीलाई एक दुई महिनाको लागि विदेशी स्याउ रोक्न माग गरे। किसानले स्याउ ल्याएको गाडी नेपालको कुनै ठाउँमा पनि नगर्न पनि ध्यानाकर्षण गराए।

ranechhap