वि.सं.२०८३ वैशाख ६ आइतवार

नेकपा एसनिकट युवा संघको चेतावनी- लेटरप्याडको दुरुपयोग गरेर चन्दा असुल्नेलाई कानूनी कारबाही गर्छौँ

khanepani

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघले संगठनको नाम दुरुपयोग गर्नेहरूलाई कानूनी कारबाही गर्ने चेतावनी दिएका छन्।

युवा संघको आयोजक कमिटीका अध्यक्ष रोशन थापाले संगठनबाट निकालिएकाहरूले लेटर प्याड दुरुपयोग गरे प्रहरीलाई खबर आग्रह गरेका हुन्।

आयोजक कमिटी गठन गरेपछि असन्तुष्ट पक्षले सञ्जीव राईको नेतृत्वमा समानान्तर कमिटी गठन गरेका थिए। तर, राईलाई यसअघि नै संगठनको साधारण सदस्य समेत नरहनेगरी कारबाही गरिसकेको छ।

संगठनभित्र किचलो चलिसकेको बेलामा थापाले भदौ २३ र २४ लाई बैठक राखेका छन्।

उनले संगठनको विधान विपरीतका कार्यहरू गरेकाले पटक पटक संगठन विरोधी कार्य सच्याउन गरेको आग्रह अटेर गरेका कारण संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘अवैध व्यक्तिले सामाजिक सञ्जालमा भ्रम फैलाउने कार्य गरेकाले यस्ता भ्रमहरू सत्य नभएको जानकारी सहित संगठनको आधिकारिक बैठक यही भाद्र २३ र २४ गते रहेको र सबैलाई उपस्थितिका लागि जानकारी गराइन्छ ।’

युवा संघ नेपालको नाममा संगठनको स्ट्याम्प र लेटर प्याड दुरुपयोग गरी चन्दा सहयोग मागी रहेको सुन्नमा आएको भन्दै कसैले विभिन्न कार्यक्रमको नाममा चन्दा, सहयोग माग्न आएमा नजिकको प्रहरी प्रशासनमा खबर गरी आग्रह समेत गरेका छन्।

ranechhap