वि.सं.२०८३ वैशाख ५ शनिवार

कोशी प्रदेशका सचिव डा.शरणकुमार पाण्डेको गाडीको चाबी खोसिएको घटनाप्रति भेटेरिनरी एशोसिएसनको आपत्ति

khanepani

काठमाडौं । कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले प्रयोग गर्दै आएको सरकारी गाडीकाे चाबी खोसिएको घटनाप्रति नेपाल भेटेरिनरी एशोसिएसनले खेद प्रकट गरेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री खगेनसिं हाङगामको आदे मार्फत चाबी खोसिनु निन्दनीय भएको भन्दै एशोसिएसनले ध्यानाकर्षण गराएकाे छ । सचिव पाण्डे नेपाल भेटेरिनरी एशोसिएसनका सदस्य हुन् ।

पाण्डेले प्रयोग गर्ने सरकारी सवारी साधनको चाबी खोस्ने जस्तो अमर्यादित र अशोभनीय व्यवहार गरिएको घटनाप्रति विज्ञप्ति जारी गर्दै एशोसिएसनको गम्भीर आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएकाे छ,’ मन्त्रालयको उच्च राजनीतिक व्यक्तित्व र समाजमा सद्भाव र विधिको शासन कायम राख्न गहन जिम्मेवारी हुने कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका माननीय मन्त्री खगेनसिं हाङगामज्यूको आदेश मार्फत चाबी खोसिनु निन्दनीय छ।यस प्रकारको घटनाले सार्वजनिक सेवाप्रति नकारात्मक सन्देश जाने प्रस्ट देखिन्छ ।’

यस्तै खालका घटनाहरूले कृषि क्षेत्रका युवा पुस्तामा सरकारी सेवा प्रति आकर्षण घटने र विदेश पलायन झन् बढ्ने एशोसेशनको ठहर छ । राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वबीच आपसी विश्वास, सम्मान, मेलमिलाप र सहकार्य मजबुत बनाउनु पर्ने अवस्थामा उच्च सरकारी अधिकारीमाथि यस किसिमको व्यवहारप्रति एशोसिएसन भर्त्सना गरेको छ ।

आगामी दिनमा यस प्रकारको अनुचित घटना नदोहोरिने वातावरण बनाउन सम्बन्धित सबै सरोकारवालाहरूलाई अनुरोध गरेको छ ।

ranechhap