काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइका कारण मुलुकमा सुशासन कायम हुन नसकेको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै राईले संविधान कार्यान्वयनका लागि आवश्यक कानुन बनाउन सरकार गम्भीर नभएको आरोप लगाएका हुन् ।
उनका अनुसार प्रत्येक १० वर्षमा संविधान समीक्षा गर्ने व्यवस्था भए पनि आवश्यक ऐन निर्माणमा ढिलाइ हुँदा जनतामा असन्तुष्टि बढेको छ। राईले अख्तियारसम्बन्धी विधेयक समितिमै अल्झिएको र सरकार आफ्ना अनुकूल कानुन पास गर्न चाहने प्रवृत्तिले सुशासनको अवस्था कमजोर भएको बताए।
उनले मुलुकको प्रमुख समस्या नै सुशासन रहेको उल्लेख गर्दै प्रशासकका समस्या समाधान गरी सुधारतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे।









































