वि.सं.२०८३ वैशाख ३ बिहीवार

नेपाली बजारमा एकै दिन सुन प्रतितोला १७ सय रूपैयाँले बढ्यो, चाँदी पनि महँगियो

khanepani

काठमाडौ । स्थानीय बजारमा सुनको मूल्य थप बढेको छ। अघिल्लो दिनको कारोबारको तुलनामा आज सुन प्रतितोला एक हजार सात सय रूपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार सोमबार सुन प्रतितोला दुई लाख पाँच हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।आइतबार सुन प्रतितोला दुई लाख तीन हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

सुनको मूल्य हालसम्मकै उच्च हो। अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढ्नाले स्थानीय बजारमा पनि मूल्य बढिरहेको छ।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ४५ रूपैयाँले बढेको छ।

महासंघका अनुसार आइतबार प्रतितोला २४ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २४ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३४ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ranechhap