वि.सं.२०८३ वैशाख ३ बिहीवार

अछाममा छाउबारीमा सुतिरहेका बेला ढुङ्गा खस्दा महिला र बालिकाको मृत्यु, एक गम्भीर घाइते

khanepani

कैलाली । अछाममा महिनावारी बार्न खेतबारीमा पाल टाँगेर सुतेको अवस्थामा ढुङ्गा लागेर दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा ढुङ्गा खस्दा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

गोरे भण्डारीकी श्रीमती ३६ वर्षीया रत्ना भण्डारीको टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

आज (मंगलबार) बिहान करिब ५:३० बजेतिर अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका स्थानीय तीन जनालाई ढुङ्गाले लागेको थियो । ती मध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते लाई तत्काल उपचारका लागि स्थानीय स्वास्थ्यचौकी बारला पठाइएको थियो । थप उपचारको लागि नेपालगन्ज रेफरको तयारी गरिएको छ ।

मृतक खनाल र भण्डारी दुवै जना माइतीघरमा आएर महिनावारी भएपछि खेतमा पाल टाँगेर सुतेका थिए ।

भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।

ranechhap