वि.सं.२०८३ वैशाख ८ मंगलवार

राजश्व छलेर ठुलो मात्रामा राजश्व मार्ने सहसचिव श्याम भण्डारी भन्सार विभागको मुखिया (सरुवाको सूची)

भन्सार विभागमा विचौलियाको दवदवा, सेटिङ मिलाएर ५३ जना अधिकृतको एकै पटक सरुवा

khanepani

काठमाडौं । अर्थ मन्त्रालयले दुई सातामा ७७ जना उपसचिवको सरुवा ग¥यो । सो सरुवाको सूचीमा ११ वटा भन्सार प्रमुखलाई समेत सरुवा पत्र थामाएको थियो । कतै दलिय र कतै विचौलियाको सिफारिमा सरुवा भएकाहरु कोही राम्रो अबैध कमाई हुने भन्सार नाकामा खटार्ईएको छ भने कोहीलाई अनेत्र सुरुवा गरिएको गुनासो अर्थमन्त्रालयमा सुनिन थालेको छ ।

अर्थमन्त्रालय अन्र्तगतका कर्मचारीहरुको सरुवा बढुवामा अर्थमन्त्री विष्णु पौडेलकै निर्देशनमा चखलेल भएको भन्दै कर्मचारीवृत्तमा असन्तुष्टि समेत चुलिदै गएको छ । अर्थमन्त्री पौडेलले विशेषगरि राजस्व प्रशासन समूहका कर्मचारीहरुलाई सरुवा गर्दा सेटिङ र आर्थिक सहयोग गर्ने सर्त सहित भन्सार विभागमा आफ्नै रोजाईमा श्याम भण्डारीलाई भन्सार विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएसंगै अहिले अर्थ मन्त्रालयमा विशेष चर्चा चलेको छ ।
भन्सार विभागको जिम्मेवारी पाए लगत्तै महानिर्देशन भण्डारीले आफू मातहतका ५३ जना अधिकृतहरुको काज सरुवा गरेसंगै उनको भित्री उदेश्य समेत रकम संकलन गर्ने नै देखिएको भन्सारका कर्मचारीहरुले बताएका छन् । नाम गोप्य राख्ने सर्तमा भन्सार कर्मचारीहरु भन्छन, ‘अर्थमन्त्रीको प्रिय बनेर आएका भण्डारीले गरेको सर्त पुरा गर्न सवैभन्दा पहिला कर्मचारीलाई काज सरुवा गरेर आंतक मञ्चाउनु भएको छ, त्यसको उदेश्य नै रकम संकलन गर्नु नभएर अरु के हुन सक्छ र ?

भन्सारमा भएका समस्या समधान गर्नेभन्दा पनि कर्मचारी काजमा सरुवा गर्नुलाई अर्थपूर्ण रुपमा लिन सकिन्छ ।’ यसबाट के प्रष्ट हुन्छ भने भन्सार विभागमा सरुवा भई आएका महानिर्देशक भण्डारी देशको ढुकुटी भर्नेभन्दा पनि झन रित्तो बनाउन मन्त्रीले परिचालन गरेको पात्रको रुपमा समेत भन्सार विभागमा चित्रण गर्न थालिएको छ ।

महानिर्देशक भण्डारीले चाडपर्वको मुखैमा अर्थात असोज लागेपछि ठूलो संख्यामा कर्मचारीहरुको काज सरुवा गर्ने समेत योजना रहेको बताइएको छ । भण्डारी भन्सार विभागको महानिर्देशक पदमा नियुक्त भएलगत्तै केही अनलाईनमा तयारी गुणगान गाउन लगाएर समाचार लेखाउन तल्लिन समेत भएको पाईएको छ । भित्र कुरा लुकाउदै बाहिर भने स्टन गरि कर्मचारी र अन्य निकायमा पपुलर बन्न अहिले भण्डारीले मिडिया ट्रायल समेत गर्न थालेका छन् ।
उनले ५३ जनाको काज सरुवा गर्दा त्यसलाई ठूलो उपलब्धी भएको समेत व्याख्य गर्दै आएका छन् । भण्डारीलाई उपमहानिर्देशक भरतमणी पाण्डे र पहिलेदेखि भन्सार विभागमै लामो समय कार्यरत अमृत लम्सालको योजनामा सो कार्य हुने गरेको समेत आरोप कर्मचारीहरुको रहेको छ । महानिर्देशक भण्डारीसहित तीनजनाको समूहले भन्सार क्षेत्रमा अहिले अर्थसंकलनकालागि नै केही व्यक्तिहरुको समूहलाई परिचालन समेत गरेको बताइएको छ । हालका महानिर्देशक भण्डारी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालयको विभिन्न महाशाखा, प्रदेशको अर्थसचिवलगायत निकायमा समेत बसेर आएका व्यक्त हुन ।

उनले जागिर सुरु गरेदेखि अहिलेसम्म अर्थमन्त्रालय अन्र्तगतका निकायभन्दा अरु निकायमा सरुवा समेत भएका छैनन । उनी जहाँ सरुवा भएपनि अर्थमन्त्रालय अन्र्तगतको राम्रो कमाई हुने निकायमा सरुवा हुदै आएका व्यक्ती हुन । आफुलाई गहन अनुभवका भएको भन्दै कर्मचारीमाथी गफ समेत लगादै आएका भण्डारीले भन्सार विभागमा बसेर पुनः हंगमा मञ्चाउन थालेको आरोप समेत लागेको छ ।

भण्डारीका सहयोगी उपनिर्देशक पाण्डे भैरहवा, कास्की र भक्तपुरको प्रमुख जिल्ला अधिकारी भएका व्यक्ती हुन । कानून तथा ऐन विपरीत सेटिङमा भन्सार प्रमुखहरुको सरुवा भएकोबारे बुझ्न खोज्दा अर्थमन्त्री विष्णु पौडेलले यसबारे पछि कुरा गरौँला भन्दै पन्छिएका छन् । राजस्व समूहको उपसचिवको सरुवामा सामान्यतया भन्सार वा राजस्वमा दुई वर्ष प्रमुख भएकाहरुलाई अर्थ मन्त्रालय, विभाग वा अन्य कार्यालयमा सरुवा गर्ने प्रचलन रहेको छ । तर, विभागीय मन्त्री र सचिवले कतिपय कार्यालय प्रमुखलाई एक वर्ष पनि नपुग्दै रोजेको कार्यालयमा सरुवा गरिएको गुनासो कर्मचारीवृत्तमा रहेको छ ।

यो सरुवामा कसैलाई आन्तरिक राजस्व कार्यालयबाट भन्सार प्रमुख बनाइएको छ । भने कसैलाई एउटा भन्सार कार्यालयबाट अर्को भन्सार कार्यालयमा खटाइएको छ । यसरी व्यक्ति हेरेर तथा आफ्नालाई छानेर सरुवा गर्दै दोहोरो मापदण्डको अभ्यास गरेको गुनासो मर्कामा परेका कर्मचारीहरुले गरेका छन् । त्यति मात्र नभई कर्मचारी संगठन तथा मन्त्री निकट उपसचिवले पटक–पटक प्रमुख भन्सार अधिकृतको अवसर पाएकोप्रति झनै असन्तुष्टि चुलिएको छ ।
अर्थमन्त्री पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि भन्सार विभागमा १३ महिनामा ४ जना महानिर्देशक परिवर्तन गरिसक्नु भएको छ । पौडेल अर्थमन्त्री बन्दा भन्सार विभागको महानर्दिेशक ढुण्डीप्रसाद निरौला थिए । निरौलाको सरुवा गरेर गत २०८१ भद्र २ गते हरिशरण पुडासैनीलाई ६ महिनामै विभागबाट हटाई २०८१ फागुन १ गते सहसचिव महेश भट्टराईलाई पठाए ।

भन्सार विभागमा पठाएका नयाँ सहसचिवहरुले मन्त्रीको इच्छा पुरा नगर्दा साउन ३० गते भट्टराईलाई ६ महिनामा सरुवा गरी सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागमा सरुवा गरे । वार्षिक ५ खर्ब रुपैयाँ राजश्व संकलन गर्ने जिम्मेवारी पाएको भन्सार विभागमा विचौलिया र स्वार्थ जोडिएका व्यापारीहरुको कब्जामा रहेसंगै भन्सार महानिर्देशक र कर्मचारीहरु समेत सेटिङ मिलाएर पठाएको आरोप अहिले अर्थमन्त्री पौडेललाई पनि लागेको छ । राजश्व संकलनका लागि भन्सार विभाग र आन्तरिक राजश्व विभाग मन्त्रालयको मेरुदण्डका रुपमा लिने गरिन्छ । देशको सबैभन्दा बढी राजश्व उठाउने अड्डाको जिम्मेवारी समेत अर्थमन्त्री पौडेलले एमाले समर्थित कर्मचारीलाई जिम्मा दिई रोजेकै स्थानमा सरुवा समेत गरेको आरोप अहिलो चर्चाको शिखरमा रहेको छ ।




ranechhap