वि.सं.२०८३ वैशाख ८ मंगलवार

पूर्व प्रदेश प्रमुख राजेश अहिराज थुनामै रहने, जिल्लाको आदेश उच्चले गर्‍यो सदर

khanepani

काठमाडौं । बलात्कारको आरोप लागेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने जिल्लाको आदेश उच्च अदालतले सदर गरेको छ ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवर र खडानन्द तिवारीको संयुक्त इजलासले काठमाडौं जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको हो ।

गत साउन १४ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको एकल इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । राजेश अहिले डिल्लीबजार कारागारमा छन् ।

युवती बलात्कारको आरोपमा उनी पक्राउ परेका थिए ।

ranechhap