काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता एमालेले नखोसेको बताएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति हुने बेलामा आफैँले परित्याग गरेको बताए ।
उनले भने, ‘उहाँले सदस्यता छाडेर राष्ट्रपति हुन जानु भएको हो । फर्केर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारी झुक्याएर लिएर हुँदैन । राष्ट्रपति भएको मान्छे होला कर्मचारीले त रसिद काट्दिन्छ। त्यसरी लिने होइन ।’
उनले छाडेको सदस्यता नवीकरण नहुने बताए ।
उनले थपे, ‘कसैको सदस्यता नै छैन भने कसरी नवीकरण हुन्छ ? उहाँको सदस्यता नै थिएन । उहाँले ०७२ कात्तिक १२ गते परित्याग गर्नु भएको हो । त्यसयता उहाँको पार्टी सदस्यता छैन । त्यस्तो सदस्यता प्यारो थियो भने त राष्ट्रपति हुन नजान पर्थ्यो नि । अहिले आएपछि खोज्नुहुन्छ नभएको सदस्यता नवीकरण हुँदैन ।’
उनले सदस्यताको लागि कुनै छलफल, आवेदन पनि नदिएको र नवीकरणको लागि कुनै निवेदन नदिएको बताए । उनले पार्टी सदस्यता बाहिर टेलिभिजनले नदिने बताए ।









































