वि.सं.२०८३ वैशाख ५ शनिवार

राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल

khanepani

काठमाडौँ । राष्ट्रिय किसान आयोगको अध्यक्षमा प्रेम दंगाल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले आयोगको सदस्यहरूमा जीवन्ती पौडेल, सूर्यप्रसाद खनाल, मञ्जु धिमाल, टेकबहादुर बोगटी र पुष्पा भुसाल नियुक्त गर्ने निर्णय गरेको छ । बोगटी सहकारीका तर्फबाट र भुसाल विज्ञ सदस्यको रूपमा नियुक्त भएका हुन् ।

दंगाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही महिनाअघि अखिल नेपाल किसान महासङ्घको अध्यक्षको बनाएका थिए ।

ranechhap